
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला स्रष्टा डा. बानिरा गिरीको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।
परिवारका अनुसार २० दिन अघि कोभिड संक्रमण भएको बानिरालाई हृदयघात भएपछि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उहाँको आइतबार राति १० बजे निधन भएको हो । ७५ वर्षिय गिरी अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।
उहाँको ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवनः थामहरू’, ‘शब्दातीत शान्तनु’ र ‘काठमाडौं काठमाडौं’ कविता संग्रह, ‘कारागार’, ‘निर्बन्ध’ उपन्यास, ‘मेरो आविस्कार’ आत्मकथा, ‘रोकिनेले आकार दिन सक्दैन’ यात्रा संस्मरण र ‘पर्वतको अर्को नाम’ तथा ‘पार्वती र जंगल जंगल’ निबन्ध प्रकाशित छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


