जनस्वास्थ्य सरोकार, धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको सङ्क्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण गरिरहेको छ ।
सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउनुभयो ।
'स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ'- चौधरीले भन्नुभयो । सङ्क्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उहाँको भनाइ छ । चौधरीले भन्नुभयो-'अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।'
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउनुभयो ।
गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब सङ्कलन गर्दै आएको सापकोटाले जानकारी दिनुभयो । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
