
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना सङ्क्रमणका कारण वैशाखयता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन देशका १०० भन्दा बढीले ज्यान गुमाउँदै आएका छन् ।
कोभिड महामारीको बढ्दो जोखिमबाट सिर्जित सन्त्रासपूर्ण अवस्थामा कोरोना रोगभन्दा त्यसको त्रासदीले धेरै नेपाली प्रभावित छन् । यो अवधिमा यसको भय र चिन्ताका कारण कमजोर बन्दै गएको नागरिकहरुको त्यही मनोविज्ञानलाई बलियो बनाउन राष्ट्रव्यापी मनोपरामर्शसम्बन्धी प्रवचन भइरहेको छ ।
कोरोना महामारीबाट उत्पन्न सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्यसमितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक ‘तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन’ भर्चुअल कार्यक्रम यही जेठ ८ देखि १० गतेसम्म हुने गरी सञ्चालन गरेको छ ।
कार्यक्रमको दोस्रो सत्रमा मनोविद् बिजयवाबु सिग्देले कोरोना माथिको विजय हासिलका लागि आफ्नो प्रवृत्ति, सोच र जीवनशैली परिवर्तन गर्न जोड दिनुभयो ।
'हामीले यो अवधिमा दिमागी व्यवस्थापन गर्न आवश्यक छ । जीवनलाई स्वस्थ, शान्त र फुर्तिलो बनाउन हरेक व्यक्तिले सकारात्मक सोच, शुद्ध खाना, सरल जीवनशैली र निरन्तर योगाभ्यास गरौं । यसका लागि हामीले दृढ अठोट राख्दै व्यक्तिगत तथा पारिवारिक जीवनलाई सुसङ्गठित बनाउँदै लैजानु पर्दछ ।'
उहाँले अगाडि भन्नुभयो-'कुनै पनि रोगको सत्य कारण भनेको ५० प्रतिशत आध्यात्मिक, २५ प्रतिशत मनोवैज्ञानिक, १५ प्रतिशत सामाजिक र १० प्रतिशत शारीरिक अवस्था नै हो । मष्तिष्कको उचित व्यवस्थापनबाट मात्र हामी स्वस्थ हुन सक्छौं । यसका लागि हाम्रो दैनिक आहारविहार र आनीबानीमा परिवर्तन हुनै पर्दछ ।'
भर्चुअल प्रवचन कार्यक्रममा डा सरल शर्माले नेपालमा हाल फैलिएको नयाँ भेरियन्टसहितको कोरोना र यसले पारेको प्रभावका विषयमा आफ्नो प्रस्तुति दिनुभयो ।
मुख्यतयाः सबैले आफ्नो मनोबललाई उच्च राख्नुपर्ने र सङ्क्रमण देखिएमा चिकित्सकको सम्पर्कमा रहिरहन सुझाउँदै अनावश्यकरुपमा बाहिर ननिस्कन र सुरक्षित साथ घरभित्रै बस्न अनुरोध गर्नुभयो ।
खासगरी कोरोनाले प्रभावित मुलुकभरिका नागरिकमा कोभिडसम्बन्धी उत्पे्ररक सुझाव र सन्देश दिने उद्देश्यले आयोजित भर्चुअल प्रवचन कार्यक्रममा ६०७ जनाको सहभागिता रहेको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

