
जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी अस्पतालको नामसंग जोडिएर आएका समाचारप्रति गम्भिर आपत्ति जनाएको छ ।
अस्पताल तथा प्रधानमन्त्रीको नामसम्म जोडिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको र अस्पतालले त्यस्ता समाचारको घोर भत्सर्ना एवम् निन्दा गर्ने जनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिहरु अतिरञ्जितबाहेक अन्य केहि नभएको स्पष्ट पार्नुभयो । उहाँले अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उहाँका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ-'कोभिड १९ महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवनरक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा सर्मपित यस संस्था र मुलुकका सम्माननिय प्रधानमन्त्रीज्युउपर निजद्धारा सम्बन्धीत भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक तथ्यहिन, झुटा र नित्कृष्ठ गालीगलौच तथा आरोप आक्षमको घोर निन्दा र भत्सर्ना गर्दछौँ'


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
