जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जेठ १४ गते अपरान्ह १ बजेदेखि जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयल काठमाडौंले जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले सो निर्णय गरेका हो ।

बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल मात्र खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर खोल्न पाइने छैन ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गर्दै यस्ता सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चलाउन पाइनेछ । अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाउनेलाई कोभिड १९ अध्यादेश अनुसार दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने उल्लेख गरिएको छ ।
निर्माण कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने र हालसम्म प्रशासन र अन्य निकायबाट जारी गरिएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउने र विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने उल्लेख छ । हेर्नुस विज्ञप्ति



नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


