नेभिगेशन

अक्सिजन सिलिन्डर समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्ति तथा संघसंस्थाहरुले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालहरुमा विभिन्न प्रयोगका लागि लगेका अक्सिजन सिलिन्डरहरु समयमै फिर्ता गर्न अनुरोध गरेको छ ।

केहि दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थापनमा अक्सिजन सिलिन्डर समयमै सम्बन्धित उद्योगमा भर्नका लागि फिर्ता नपुग्ने र एउटा उद्योगका सिलिण्डर अन्यत्र जाने क्रम अत्याधिक बढेको पाइएको भन्दै यस्ता गतिविधिले आगामी दिनमा गम्भिर समस्या निम्तिन सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दैै व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालहरुमा विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु हुन् तिनै उत्पादक कम्पनी तथा अस्पतालहरुमा पुग्ने गरि आवश्यक व्यवस्था मिलाउने कार्य गरिदिन आग्रह गरेको छ ।

‘अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिनु हुन अनुरोध छ’ – मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट