
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ की छैन् भनेर अनलाइनबाटै हेर्न सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेबसाइटबाटै कुन अस्पतालमा कति बेड खाली छ कति आइसीयु खाली छ र कति भेन्टिलेटर खाली छ भनेर थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ ।
साथै प्रदेश र जिल्ला अनुसार कुन अस्पतालमा बेड आइसीयु खाली भएको वा नभएको जानकारी लिन पनि सकिन्छ । तपाईले त्यहाँ उपलब्ध बेड काउन्ट फिल्टर समेत गर्न सक्नुहुन्छ ।
अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउछ । उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बर समेत जानकारी पाउन सकिन्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
