
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको २० हजार ४१४ पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ जनामा र ५७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ७ हजार २२६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर १ हजार ९ जना क्वारेन्टीनमा छन ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


