
जनस्वास्थ्य सरोकार, काठमाडौं । हाम्रो अनुहार एक ऐना हो । अनुहार हेरेर बिरामीको लक्षण सफासँग देख्न सकिन्छ । त्यसैले कस्तो प्रकारको बिरामी हो भन्ने कुरा पहिचान गर्न जरुरी छ । अनुहार हेरेर रोगको पहिचान गर्न सकिन्छ ।
नाक

नाकको छालाको पाप्रा निस्कने, नाकबाट फोहोर निस्कने, नाकको छिद्राको दुबैतर्फको छाला संक्रमण हुने गर्छ । यस्तो एक प्रकारको छालाको रोग “सिबोरिक डर्मेटाइटिस”को कारण हुन्छ । यो एक प्रकारको फंगल इन्फेक्सन हो । एन्टी फंगल क्रिमको प्रयोग गर्नाले यो ठिक हुन्छ । यदि परेलामा चाया जमेको अवस्थामा यसलाई नङले नकोट्याउनुहोला । माइल्ड बेबी सेम्पूलाई थोरै पानीमा घोलेर भिजाएको नरकम कपडाले परेलाको चायाँमा विस्तारै रगडेर पुछ्ने । यो समस्या तनावका कारण बढ्दछ । त्यसैले कुनै कुराको पनि तनाव लिन हुँदैन । नियमित शारीरिक अभ्यास र मेडिटेसन गर्नाले तनाव धेरै हदसम्म कम गर्न सकिन्छ ।
जीब्रो
चिकित्सकले जाँच गर्दाको समयमा सबैभन्दा पहिला जीब्रोका अनुगमन गर्दछन् । यसबाट स्वास्थ्यको सही जानकारी मिल्नसक्छ ।
सेतो टिकटिकाई भएको जीब्रो—यस्तो हुनुको अनेक कारण हुनसक्छन । जस्तो— ओरल डिजीज ( मुखको रोग), डिहाइड्रेशन, लो इम्यूनोसिस्टम, पाचनतन्त्रमा गडबडी, मृगौलासम्बन्धि समस्या आदि । यस्तो जीब्रोबाट गन्हाउने सास निस्कन्छ । यस प्रकारको समस्या ब्याक्टेरियाका कारण हुनेगर्छ । दैनिक ७–८ गिलास पानी पिउने । यसले गर्दा डिहाइड्रेसन पुन पाउँदैन र जीब्रोपनि फ्रेस रहन्छ । सधैँ बिहान दाँत ब्रस गर्दा जीब्रो पनि सफा गर्ने । यसको लागि नरम टुथब्रसको प्रयोग गर्ने । यसले जीब्रोमा सेतो काइ वा टिकटिक जम्न पाउँदैन ।
पहेँलो जीब्रो —यस किसिमको समस्या एनिमियाका कारण हुनेगर्छ । त्यसैले चिकित्सकलाई देखाएर रक्त परीक्षण गराउनुपर्छ । एनिमिया पत्ता लागेको अवस्थामा उपचार गराउन भूल्नुहुँदैन । हरियो सागसब्जी, ड्राइफूट्स एवं डाक्टरको सल्लाह लिएर आयरनको गोली खानुपर्छ ।

दाग भएको रातो जीब्रो—जीब्रोमा दाग र जीब्रो रातो देखिने समस्या भिटामीन बी को कमीले हुनसक्छ । आफ्नो दैनिक खानामा धेरै इम्यून वुस्टिंग सुपर फूड्स सामेल गर्नुपर्छ । जस्तो–ब्लू बेरीज, ब्रोकाउली, बिट रुट, हरियो सागसब्जी, अदुवा, लसुन आदि । यदि समस्या धेरै गम्भीर भएमा डाक्टरलाई देखाउने र उनको सल्लाह अनुसार रक्तपरीक्षण गराउने । यसबाट संभावित रोगको पत्ता लाग्दछ ।
ओठ
फुटेको ओठ— ड्राई स्किन भएका ब्यक्तिहरुमा यस किसिमको समस्या देखिन्छ । मधुमेह र एनिमियाका कारण पनि यस किसिमको समस्या देखिन्छ । यस किसिमको समस्यामा भिटामीन ए, बी, सी र ई पाइने खाद्यपदार्थ खानुपर्छ । ओठमा सधै लिपगार्ड लगाउनुपर्छ यसले घामबाट पनि बचाउँछ र ओठ ड्राई हुन पाउँदैन । यसका साथै धेरै पानी पिउनुपर्छ । यदि मुखको रोगको समस्या भएमा चिकित्सकको सल्लाहमा एन्टिफंगल उपचार गर्नुपर्छ । मधुमेहको लक्षण जस्तो—धेरै प्यास लाग्नु, पटकपटक पिसाब आउनु, अचानक भोक लाग्ने आदि समस्या देखिएमा चिकित्सकको सल्लाहमा युरीन र रक्त परीक्षण गराएर उपचार गर्ने ।

सुन्निएको ओठ— कतिपय व्यक्ति केही खाने चिजहरुमा संवेदनशील हुने गर्छन् । जस्तो—अण्डा, बदाम, माछा वा अन्य खाद्यपदार्थ । यस्ता चिजको सेवनबाट उनीहरुलाई एलर्जी भई ओठ सुन्निनसक्छ । यसका लागि सबैभन्दा पहिला आफूलाई के को उपभोगले एलर्जी भएको हो भन्ने पत्ता लगाउने र त्यसलाई नखाने आदि । यदि एलर्जिक रियाक्सन भएमा चिकित्सकको सल्लाहमा एन्टी हिस्टेमाईल टयाब्लेट्स लिने र यसलाई सधैँ आफ्नो साथमा राख्ने गर्नुपर्छ । यसका साथै एलर्जी स्पेशलिस्टको सल्लाह लिने र टेस्ट गराउनुपर्छ ।

पहेँलो वा निलो ओठ
रगतमा अक्सिजनको कमी भएपछि ओठ पहेँलो वा निलो हुन्छ । यसको प्रमुख कारण अघात, हार्ट वा ब्रिदिङ प्रोब्लम्स (श्वास लिनमा समस्या) हो । यस प्रकारको परिस्थितिमा ढिला नगरी चिकित्सकसँग जाँच गराउनुपर्छ ।
आँखा
युवाहरुको आँखामा सेतो घेरा हुनु भनेको कोलेस्ट्रोलको मात्रा बढेको भन्ने जनाउँछ । ५० वर्षको उमेरमा यस्तो लक्षण कोलेस्ट्रोल बढेर हैन फ्याट जम्मा भएर हुन्छ । यो हानीकारक हँुदैन र उपचारको आवश्यकता पनि पर्दैन । रगतमा बढेको कोलेस्ट्रोलका कारण कतिपय व्यक्तिको आँखाको चारैतिरको छाला सेतो र पहेँलो गाढा हुनसक्छ । ६० वर्षभन्दा कम उमेरका व्यक्तिहरुले आफ्नो शरीरमा कालेस्ट्रोलको मात्रा कति छ ? भनेर परीक्षण गराउनुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याएर शरीरमा बढ्दै गएको कोलेस्ट्रोललाई नियनत्रणमा राख्न सकिन्छ । यसका साथै तारेको र भुटेको खानको प्रयोग गर्न हुँदैन । सन्तुलित खाना खानुपर्छ । यो अन्तर्गत फलफूल सागसब्जी आदि पर्छन् । यसको साथै नियमित व्यायाम गर्नाले स्वस्थ रहन मद्दत मिल्छ ।
आँखा रातो हुने— आँखाको संक्रमण जस्तो— कन्जक्टिवाइटिस (आँखापाक्नु) का कारण पनि आँखा रातो हुन्छ । एलर्जी , अल्कोहलको धेरै सेवन, कम्प्यूटर स्क्रिनमा धेरै बेर काम गर्ने आदि कारणले गर्दा आँखा रातो हुनसक्छ । एलर्जीका कारण भएको रातो आँखामा टीयर ड्रप्स राख्नाले सित्तल र ठिक हुन्छ । अन्य समस्याले भएमा डाक्टरको सल्लाह लिनुपर्छ । आँखा दुःखेमा र हेर्न कठिनाई भएमा तुरुन्त चिकित्सकसँग जँचाउनुपर्छ ।

आँखाको पुतली (प्यूपिल) मा सेतो दाग— यस्तो अवस्थामा आँखा विशेषज्ञसँग आँखा जाँच गराउनुपर्छ । गर्मीको समयमा गगल्र्स लगाउने । यसले सूर्यको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ । यसका साथै स्वस्थ खाना खानुपर्छ । धुम्रपान नगर्ने किनभने धुम्रपान गर्नाले प्रि—रेडिकल्स को उत्पति हुन्छ । यसको शरीरका लागि आवश्यक भिटामिन्स र मिनरल्सलाई प्रभावित बनाउँछ ।
पहेँलो परेला (पेल आइलिड्रस)
यस किसिमको समस्यामा एनिमियाको प्रमुख लक्षण मानिन्छ । यो आइरनको कमीले हुन्छ । यसमा जीब्रो पनि पहेँलो हुन्छ । यस्तो समस्यामा दिनभरी थकाइ महसुस हुने, श्वास फुल्ने, धड्कन बढ्ने आदि हुन्छ । यसलाई वेवास्ता गर्न हुँदैन । भिटामीन बी १२ अर्थात फोलिक एसिडको कमी आन्तरिक रक्तश्राव, बोन मैरो समस्याका कारण पनि हुनसक्छ । डाक्टरको सल्लाह लिएर रक्तपरीक्षण गराउनुपर्छ । दैनिक खानामा आयरनयुक्त भोजन, हरीया सागसब्जी, ड्राइ फूड्स आदिको प्रयोग गर्नाले यस किसिमको समस्या न्यूनिकरणमा मद्दत मिल्छ । यसका साथै भिटामिन सी भएका खाद्य पदार्थहरु जस्तो—कागति, सुन्तलाा आदिको सेवन गर्ने । खाना खाएपछि चिया वा कफि नपिउने किनकी यसले पिनाल्स आएरनको अवशोषण रोक्दछ ।

सुन्निएको आँखा—यो ओभर एक्टिभ थायरोयडको समस्याका कारण हुनसक्दछ । रक्त परीक्षण गराएर एकिन गर्ने । स्वस्थ खाना खानुपर्छ । घामबाट बच्ने र आँखाको रक्षाको लागि सन ग्लास लगाउने आदि ।
एजेन्सीको सहयोगमा
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
