
जनस्वास्थ्य सरोकार, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च बी एण्ड सी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले व्यहोेर्ने निर्णय गर्नुभएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत थापाको उपचारमा लागेको खर्च आफूले व्यहोर्ने विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
कोभिड १९ संक्रमित थापाको स्वास्थ्यवस्था गम्भीर बन्दै गएको र उहाँको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न थालिएका समाचार प्रकाशित भएपछि प्रसाईंले समाजिक उत्तरदायित्वअन्तर्गत उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्न नपरोस् भनेर सहयोग गर्न लागेको जानकारी गराउनुभएको छ ।
जनताले गणतन्त्र स्थापनाका लागि गरेको आन्दोलनको भावना र शहीदको सपनाको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुनसकोस् भन्ने गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै प्रसाईंले उपचाररत थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
