जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आ.व.२०७८/२०७९ मा स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि गरेको छ । यस वर्ष मन्त्रालयको बजेटमा १ खर्ब २२ अर्ब ७७ करोड रूपियाँ विनियोजन गरेको छ । जबकि गत आ.व.२०७७/२०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको थियो ।

सरकारले कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
यसैगरी खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम सार्वजनिक गर्नुभएको हो ।
जवकी गत आ.व.२०७७/२०७८ मा कोरोनाभाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको थियो ।
यसैगरी अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरिएको छ । कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आवश्यक बजेट व्यवस्था गरिएको हो ।
१ सय शैया भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको बताउनुभयो ।
सम्पूर्ण बजेटको आकार करिब १६ खर्ब रुपियाँको रहेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
