जनस्वास्थ्य सरोकार, काटमाडौं । शनिबार मुलुकमा ६ हजार ८० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार ११६ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।
२४ घण्टाको बीचमा १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ । यो सँगै कोभिड संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।अहिले सक्रिय संक्रमितको संख्या भने एक लाख ११ हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


