जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १० हजार ९८६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७०२ र एन्टिजेन विधिबाट १ हजार ७८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।
देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ जना कोभिड संक्रमित थपिएका छन् ।
देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
सोहि अवधिमा ६ हजार २०५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


