
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व ‘धुम्रपान तथा सुर्तीरहित’ दिवस नेपालमा पनि मनाइँदैछ ।
धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २७ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।
चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने चिकित्सकहरुको भनाई छ । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको पाइएको छ ।
गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन ।
नेपालमा गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तिजन्य पदार्थ खरीद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधान रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
