जनस्वास्थ्य सरोकार, कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो ।
‘पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ’, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थी भन्नुभयो, ‘कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।’
कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको बताउनुभयो । महासङ्घद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
