
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमितको आँखा बिगार्ने घातक कालो ढुसी ‘म्यूकरमाइकोसिस’ को संक्रमण नेपालमा पनि देखिन थालेको छ ।
हालसम्म झन्डै एक दर्जन मानिसमा कालो ढुसीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरु
- अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
- ज्वरो आउने
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
- आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने
- नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
- दाँत दुख्ने वा हल्लिने
जोखिम समुह
- ४५ देखि ६५ उमेर समुह
- डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
- धेरै खोल एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरु
घरमा आइसोलेशनमा बस्दा अपनाउने सकिने रोकथामका उपायहरु
- सफा र सुख्खा मास्क प्रयोग गर्ने
- डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
- नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
- व्यक्तिगत स्वच्छतामा ध्यान दिने
- घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
- धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
- नुनिलो पानीले नाक सफा गर्ने
- जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
