जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग गएको बुधबार भएको टेलिफोन वार्ताको क्रममा १० लाख मात्रा खोप उपलब्ध गराउने बताउनुभएको थियो । सोही प्रतिवद्धता अन्तर्गतको खोप मंगलबार ल्याइएको हो ।
निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


