जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।
चीनले विश्व स्वास्थ्य संगठनबाट कोरोना विरुद्ध निर्माण गरेको दोस्रो खोपले मान्यता पाएको हो । यस अघि डब्लूएचओले सिनोफार्मलाई प्रयोग अनुमति दिएको थियो ।
चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।
डब्लुएचओबाट मान्यता पाउनु अघि नै कयौं देशहरुले १८ वर्ष माथिका नागरिकहरुलाई यो खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि ४ हप्ताको अन्तरमा दोस्रो खोप लगाउनु पर्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउनुको अर्थ अन्तर्राष्ट्रिय सुरक्षा, प्रभावकारिता र उत्पादन सम्बन्धी मापदण्ड पूरा गरेको मानिनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


