
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारबाट अनुदानमा प्राप्त भएको कोरोना विरुद्धको भेरोसेल खोप यहि जेठ २५ गते देखि ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सो जानकारी गराउनुभएको हो ।
चीन सरकारल अनुदानमा दिने भनेको १० लाख डोज मध्ये ८ लाख जेठ १८ गते काठमाडौँ ल्याइसकिएको छ ।
खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा वडा कार्यलयले दिएको सिफारिस लिएर तोकिएको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । खोपको वितरण गर्दा दोस्रो मात्राको पनि सुनिश्चितता गरिएको छ ।
मन्त्रालयका अनुसार कोभिड १९ खोप सचिवालय, स्वास्थ्य सेवा विभागबाट तयार पारिएको लक्षित जनसंख्याको तालिका अनुसार केन्द्रले प्रदेश आपूर्ति केन्द्रमा र प्रदेश आपूर्ति केन्द्रले जिल्ला भ्याक्सिन स्टोरहरुमा खोप वितरण र ढुवानी गर्ने छ ।
मित्र राष्ट्र चीनसँग सिमाना जोडिएका जिल्लाहरुका हकमा भने खोपको मौज्दात हेरि १८ वर्ष माथिका नागरिकलाई खोप दिन सक्ने मन्त्रालयले जनाएको छ ।
यस अघि पहिलो डोज कोभिशिल्ड खोप लगाइसकेका जेष्ठ नागरिकका लागि दोस्रो डोज कुन कहिले लगाउने भन्ने बारे अहिले सम्म टुंगो लागेको छैन ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
