
जनस्वास्थ्य सरोकार । बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् ।
बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गइरहेको छ । केहि स्थानमा डेल्टा भेरिएन्टको संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो ।
हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएको छ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यो संख्या एक हप्ताभित्र ३६ प्रतिशतले बढेको हो । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९४ हजार ६९९ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७९४ पुगेको छ । अघिल्लो दिन बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलोपल्ट शून्यमा झरेको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
