जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका ८२ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
मुलुकमा कोभिड संक्रमितको संख्या बढेपछि सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो भने निजी अस्पतालहरुसँग पनि प्रदेश र पालिकाहरुले सम्झौता गरेका थिए । यही क्रममा अहिले निःशुल्क उपचार गर्ने अस्पतालको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पहिचानका लागि पालिकाहरुमार्फत निःशुल्क पीसीआर तथा एन्टिजेन परीक्षणको समेत सरकारले व्यवस्था गरेको छ । नेपालमा अहिले ५६ वटा सरकारी र ३६ निजी गरी ९२ वटा प्रयोगशालाबाट निःशुल्क नमुना परीक्षण भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


