जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ ।
डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ ।
नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेकाे जानकारी दिइएकाे छ ।
भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई डब्ल्यूएचओले 'डेल्टा' नाम दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


