
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
योसँगै हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड १९को सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ८ सय ३९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


