जनस्वास्थ्य सरोकार, काठमाडौ । काठमाडौं महानगरपालिकाले एन्टिजेन परीक्षणलाई पुनः निरन्तरता दिएको छ । कोरोना महामारी नियन्त्रणमा आउन नसकेपछि महानगरले बिहीबारदेखि एन्टिजेन परीक्षणलाई निरन्तता दिएको हो ।
यसका लागि प्रत्येक वडाले केन्द्र बनाएर परीक्षण गर्ने महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।
उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लैजाने योजनाअनुरूप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरले बताउनुभयो ।
कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्र पंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समय काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो ।
लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरले आग्रह गरेको छ ।
कोरोनाको शंका भएका जोकोहीले महानगरका ३२ वडामध्ये जुनमा सहज हुन्छ, सोही वडामा जानकारी गराउन सकिने महानगरले बताएको छ । परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्नेछ ।
यसअघि महानगरले १४ देखि १८ जेठसम्म विशेष अभियान सञ्चालन गरेर ५० हजारको परीक्षण गर्ने लक्ष्य लिएकामा ५७६० जनाले मात्र परीक्षण गरेका थिए ।
तीमध्ये ४७९ को रिपोर्ट पोजेटिभ आएको महानगरले जानकारी दिएको छ ।
महानगरले ठूलो संख्यामा एन्टिजेन परीक्षण गर्ने योजना बनाए पनि निषेधाज्ञाका कारण लक्ष्यअनुसार परीक्षण हुन नसकेको विभागले बताएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
