
जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै आईसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको छ ।
उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिनुभयो । त्यस्तै महानगरले प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महानगर जुटेको उल्लेख गर्नुभयो । उहाँले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पाालना गर्न पनि आग्रह गर्नुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
