जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको छ।
शुक्रबार एक सूचना प्रकाशित गरी मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यो बालबालिकाको लागि बढी प्रभाव पार्नसक्ने भन्दै नियन्त्रणकाे तयारी गर्न निर्देशन दिएको हो।
जारी सूचनामा भनिएको छ -'दोस्रो लहर जस्तै पुन: तेस्रो तौथो आउन सक्ने र त्यसबेला बालबालिकाहरु बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ ।'
हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मीलगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको मन्त्रालयको भनाई छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


