जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघेको छ । आइतबार देशभर ३ हजार ४ सय ७९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६९३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट १० हजार ४७१ पीसीआर र ३ हजार २६२ एन्टीजेन विधिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १४६, ललितपुरमा २५४ र काठमाडौँमा ७३१ गरी जम्मा १ हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको ८९ हजार २१७ संख्या रहेको छ ।
आइतबार कोरोना संक्रमणबाट ९९ जनाको दुखद निधन भएको छ । सोहि अवधिमा ६ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


