जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले भोली (जेठ २५) बाट ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई कोरोना भाइसरविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउदैँछ ।
काठमाडौँ महानगरपालिकाले एक सुचना जारी गर्दै ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।
यसपटक काठमाडौँ महानगरपालिकाले खोप लगाउनका लागि उमेर अनुसार मिती निर्धारण गरेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँबरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूह, २६ गते ६३ वर्ष उमेर समूह, २७ गते ६२ वर्ष उमेर समूह २८ गते ६१ वर्ष उमेर समूह र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।
खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्नेछ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
