
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । डा. सुवेदीको उपचारका क्रममा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइतबार राती करीब पौने १२ बजे निधन भएको हो ।
कोटेश्वरस्थित गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहनुभएका डा. सुवेदीलाई २५ दिनअघि कोभिड १९ संक्रमण पुष्टि भएको थियो
डा. सुवेदीको अवस्था आफूकहाँ आईपुग्दा नै अत्यन्त जटिल रहेको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताउनुभयो । उहाँले भन्नुभयो -'अक्सिजन लेभल एकदमै कम थियो । हाइफ्लो दिनु पर्ने अवस्था थियो । निमोनिया एकदमै कडा थियो । त्यो अवस्थामा उपचार गर्दै जाँदा उहाँको अवस्था सुधार हुन सकेन ।'
संक्रमण पुष्टि भएपछि डा. सुवेदीको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था एक्कासी जटिल भएपछि थप उपचारका लागि दुई साता ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । डा. सुवेदिको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
