
जनस्वास्थ्य सरोकार, गोरखा। गोरखाका पाँच वटा स्थानीय तहलाई एक-एक वटा एम्बुलेन्स वितरण गरिएको छ । ‘संभव नेपाल’ नामक एक गैरसरकारी संस्थाले गोरखाको पाँच वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
एम्बुलेन्ससहित स्वास्थ्य सामग्रीको मुल्य एक करोड भन्दामाथि रहेको ‘संभव नेपाल’ले जनाएको छ ।
गोरखा नगरपालिकाको लागि दुईवटा, शहीद लखन गाउँपालिका, गण्डकी, भीमसने थापा र धार्चे गाउँपालिकाको लागि एक-एक वटा एम्बुलेन्स दिइएको हो ।
पालिका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य पाण्डेले दूरदराजका जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्स एउटा महत्वपूर्ण सहयोग भएको बताउनुभयो ।
एम्बुलेन्स दूरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उहाँले आग्रह पनि गर्नुभयो ।
कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको संभव नेपालका अध्यक्ष प्रेम खत्रीले बताउनुभयो ।
कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको खत्रीले बताउनुभयो ।
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङ्गता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताउनुभयो । उहाँले कोरोनाको पहिलो माहामारीका बेला थर्मल गन, एन्टिजेन किट लगायतका सामग्री सहयोग गरेर पालिकालाई सहयोग गरेको भन्दै महामारीका बेला पालिकामार्फत भएको सहयोगको प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले एम्बुलेन्सको स्थानीय तहले सही सदुपयोग गर्नेमा आशाबादी रहेको बताउनभयो ।
एम्बुलेन्ससँगै सेनिटाइजर, मास्क, ग्लोब्स्, पीपीई, अक्सिमिटर, स्टेचर, एन्टिजिन किट, स्प्रे मेसिन, भिटिएम लगायतका सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
आरुघाट र चुमनुब्री गाउँपालिकालाई मास्क र सेनिटाइजर प्रदान गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।
गोरखाको आरुघाट गाउँपालिका ८ घर भएका संभव नेपालका अध्यक्ष खत्रीले अफ्नो गृहजिल्लामा सहयोग गर्न पाउँदा खुशी मिलेको जानकारी दिनुभयो ।
संभव नेपालका अध्यक्ष खत्री नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं पर्यटन ब्यवशायी समेत हुनुहुन्छ । साथै उहाँले सहयोगलाई निरन्तरता दिने प्रतिवद्दता पनि व्यक्त गर्नुभएको छ ।
यस अघि पनि खत्रीले कोरोनाको पहिलो लहरका बेला ४० लाख मूल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको थियो ।
‘संभव नेपाल’ले आरुघाट गाउँपालिकाको मान्बुमा विद्यालयको होस्टल निर्माण, आरुपोखरीको भैरवी प्रावि निर्माण, भूकम्पपछिको पुन: निर्माण यता बिभिन्न खालको सहयोग गर्दै आएको जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
