जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालमा मंगलबारबाट जनरल ओपीडी सेवा पुनः सुरु भएको छ। कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेसँगै यो सेवा बन्द गरिएको थियो ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) प्रमुख कार्यकारी अधिकारी प्रा.डा.जागेश्वर गौतमले अबको एक सातामा कोरोनाका सबै बिरामीलाई नयाँ सर्जिकल भवनबाट उपचार गरिने जानकारी दिनुभयो ।
यसअघि वीरको पुरानो भवनमा ९ वटा आईसीयू सञ्चालन भएकोमा हाल ६ वटा आईसीयू थपिएको छ। नयाँ भवनमा १८ वटा आईसीयू दुई–तीन दिनभित्रैमा सुरु गर्ने तयारी रहेको डा.गौतमले जानकारी दिनुभयो ।
हाल वीर अस्पतालको नयाँ तथा पुरानो भवनमा गरी जम्मा १५३ जना कोरोना संक्रमित उपचारर छन। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा पनि आकस्मिक शल्यक्रिया सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । अहिले ट्रमामा कोभिड–१९ का ४० जना बिरामीको उपचार भइरहेको छ।
एक हप्ताभित्रै कोभिड–१९ का सबै बिरामीलाई नयाँ सर्जिकल भवनबाट उपचार गरिने र ‘वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा एक हप्ताभित्र सुरु गर्ने गौतमले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
