
जनस्वास्थ्य सरोकार । मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्ता पछि देखा पर्दछ ।
यसका लक्षणहरु
- आँखा रातो हुनु
- सास फेर्न गाह्रो हुनु
- घाँटी दुख्नु
- पेट दुख्नु
- ज्वरो आउनु
- पखाला लाग्नु
- छाला, ओठ वा नङ नीलो हुनु
- शरीरमा डाबर आउनु
- थकान महशुस हुनु
कोरोना संक्रमित वा संक्रमित संग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्य कम्तिमा दुइओटा लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ?
यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउन नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउनु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


