जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।
कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो-'स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।'
तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

