जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।
कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो-'स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।'
तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



