
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि हस्तान्तरण गरेको छ। कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड निर्माण गरेको हो।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रममा कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमलाई आइसीयू वार्ड हस्तान्तरण गर्नुभयो ।
वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ शय्या गरि कुल १८ शैय्याको आइसीयू वार्ड निर्माण भएको छ।
फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी नेपालीको सेवामा समर्पित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो-'कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवनरक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्यौँ ।’
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
