
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि हस्तान्तरण गरेको छ। कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड निर्माण गरेको हो।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रममा कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमलाई आइसीयू वार्ड हस्तान्तरण गर्नुभयो ।
वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ शय्या गरि कुल १८ शैय्याको आइसीयू वार्ड निर्माण भएको छ।
फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी नेपालीको सेवामा समर्पित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो-'कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवनरक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्यौँ ।’
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


