
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बालुवाटारबाट २० जना भन्दा बढी नागरिक अभियन्ता पक्राउ परेका छन । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
'स्वास्थ्य सेवा हो, व्यापार होइन। सरकार सेवक हो, मालिक होइन' लेखिएको प्ले कार्ड सहित सडकमा उत्रिएका नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियार, अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार लगायतलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको र शक्तिको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


