जनस्वास्थ्य सरोकार, काठमाडौं । महिला तथा बालबालिकाहरुको हिंसाविरुद्धको अभियान ‘मेचीमहाकाली बुहारी संयुक्त आवाज’ ले कोरोना महामारीमा विपन्न नागरिकलाई राजधानीमा करिब ६ लाख भन्दा बढी मूल्यको खाद्यान्न वितरण गरेको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजका स्वयं सदस्यहरुबाट सहयोग रकम उठाएर खाद्यान्न उपलब्ध गराएको हो ।
संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ का ६१ घर परिवार, विजेश्वरी क्षेत्र, सामाखुसी टाउन प्लानिङ, स्वयम्भूलगायतका ठाउँमा खाद्यान्न वितरण गरेको छ । विपन्न पहिचानको आधारमा सम्बन्धित निकायको रोहवरमा उनीहरुलाई दाल चामल, नुन तेल, सुख्खा तरकारी उपलब्ध गराउँदै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाजकी सचिव रेखा थापाले बताउनुभयो ।

साथै संस्थाले कोभिड लागेका विपन्न बिरामीहरुलाई आर्थिक सहयोग, आवश्यकताका आधारमा हस्पिटलमा वेड मिलाइदिने, खाद्यान्नको उपलब्धता, निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिरहेको वाग्मती प्रदेश कार्यक्रम तथा काठमाडौं संयोजक अन्जिला श्रेष्ठले जानकारी गराउनुभयो । अहिलेसम्म संस्थाले ३० जिल्लामा खाद्यान्न वितरण गरिसकेको छ ।
बर्तमान परिस्थितिमा कोभिड १९ को महामारीले विकराल रुप लिँदै गरेको अवस्थालाई मध्यनजर गर्दै दैनिक जीवनयापन गर्नुपर्ने आधारभूत समस्या टार्न संघर्ष गर्नुपरेका व्यक्तिहरुका लागि जिल्ला शाखा काठमाडौंद्धारा ‘मेचीमहाकाली राहत कोष’ स्थापना गरिएको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजमा अहिलेसम्म १५ हजार बुहारीहरु सदस्य रहेका छन् । २०७७ सालदेखि विधिवत रुपमा सञ्चालनमा आएको संस्थाले बलात्कारपछि हत्या गरेका महिला र बालबालिकाहरुको पक्षमा आवाज उठाउँदै आएको छ ।

संस्थाको केन्द्रीय अध्यक्षमा यमु शर्मा सुब्बा हुनुहुन्छ । हाल उहाँले अमेरिकाबाट सहयोग गर्दै आउनुभएको छ भने उपाध्यक्ष चन्द्रा काफ्लेले झापामा रहेर पनि सम्पूर्ण जिल्लालाई निगरानी गरिरहनुभएको छ । संस्थाले देशव्यापी रुपमा सञ्जाल विस्तार गर्न सफल भएको छ ।





नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


