जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई फ्रन्टलाइनरको प्राथमिकतामा राखी खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

औषधि व्यवसायीहरु कोभिड १९ संक्रमणको उच्च जोखिमा रहेर काम गर्नुपरेकाले संघले सो आग्रह गरेको हो ।
औषधि व्यवसायी र सोसँग सम्बन्धित कर्मचारीहरु संक्रमित भई औषधिको उपलब्धतामा असहज परिस्थिति सृजना भएमा यसको जिम्मेवारी स्वयं राज्यले लिनुपर्ने संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताउनुभएको छ ।
एक प्रेश विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले यथाशक्य चाँडो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । अन्यथा औषधि व्यवसायीले आफ्नो सुरक्षाका लागि विरोधको कार्यक्रम सञ्चालन गर्न बाद्य हुने विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

