
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ ।
मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। यसवर्ष 'विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ ' भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन् । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि हुनुपर्छ । ब्लड प्रेशर ११०/७०, १६०/९५ मि.मि. मर्करी हुनुपर्छ ।
त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हुँदैन ।
उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन् ।
दान गरेको रगत हाम्रो शरीरमा कसरी अपूर्ति हुन्छ ?
रक्तदान गरेको थोरै कम भएको रगत शरीरमा साधारण प्रक्रियाले स्वतः आपूर्ति हुन्छ । त्यस्तो विशेष ध्यान दिनु र विशेष खाना खान आवश्यक छैन ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
