
जनस्वास्थ्य सरोकार, काठमाडौँ । केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।
- रक्तदान मुटुका लागि निकै राम्रो मानिन्छ । स्वस्थ्य मानिसले ३-३ महिनाको अन्तरमा रक्तदान गरेमा शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । साथै रक्तदातालाई हृदयाघातको संभावना हुदैन । रक्तदान गर्दा रगत पातलो हुन्छ, यो मुटुका लागि फाइदाजनक मानिन्छ ।
- शरीरलाई स्वस्थ राख्न नयाँ रक्त कोशिकाको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले नियमित रक्तदान गर्दा शरीरमा नयाँ बन्ने रगत र कोशिका स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
- एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्दछ । नियमित रुपमा रक्तदान गर्नेहरुले मोटोपनाको तनाव लिनुपर्दैन ।
- क्यान्सरजस्ता प्राणघातक रोगबाट बचाउन समेत नियमित रुपमा रक्तदान गर्नुपर्दछ । नियमित रक्तदान गर्दा क्यान्सर र अन्य रोगको संभावना टरेर जान्छ । किनभने रक्तदानले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्दछ ।
- रक्तदान गर्दा शरीरमा रोग भए नभएको परीक्षण गरिन्छ । यसले शरीरको नियमित जाँच पनि हुन्छ । रक्तदानपछि समेत एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।
- सामान्यतया १६ भन्दा माथि र ५० किलोग्रामभन्दा बढी तौल भएका ६० बर्षसम्मका स्वस्थ्य व्यक्तिले रक्तदान गर्दा कुनै पनि असर पर्दैन ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
