
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको निधन भएको छ । डा. रावतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा आज विहान ६ बजे निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएको पछि डा. रावत जेठको दोस्रो साता देखि शिक्षण अस्पतालमा उपचाररत हुनुुहुन्थ्यो । डा. रावतको सिभियर कोभिड निमोनियाका कारण निधन भएको उहाकाँ विद्यार्थी समेत रहनुभएका नेफ्रोलोजिष्ट डा. महेश सिग्दलले जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला उपचार सेवा स्थापनादेखि विस्तारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । डा. रावत लामो समयसम्म त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभाग र पछि स्थापना भएको नेफ्रोलोजी विभागको प्रमुख समेत हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
