जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।
खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि खनाल जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
उहाँमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेता खनालको फोक्सोमा पानी जमेको छ । पिसाबमा पनि इन्फेक्सन देखिएको छ । अक्सिजन लेभल पनि राम्रो छैन ।
'हिजो उहाँको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो, उहाँको मुटुले राम्रो काम गरिरहेको छैन।' स्रोतले भन्यो ।
नर्भिक अस्पतालले खनालको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका छन् । उहाँलाई आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लान लागिएको सचिवालयले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
