
जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल ( मेलान) ले प्रयोगशालाकर्मीहरुको दरबन्दी, परीक्षण शुल्क, जोखीम भत्ता, निजी क्षेत्रमा कार्यरत प्रयोगशालाकर्मीहरुको न्यूनतम पारीश्रमीक लगायत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।
मन्त्रालय बाट जारी 'स्वास्थ्य संस्था सञ्चालन मापदण्ड -२०७७' अनुसार प्रयोगशाला सञ्चालन गर्दा पुरा गर्नु पर्ने मापदण्ड स्वयं सर्वप्रथम नेपाल सरकारका प्रयोगशालाहरुमा लागु गरे मात्र सजिलै सर्व साधरणले गुणस्तरीय प्रयोगशाला सेवा पाउन सक्ने कुरा मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

पुरानै दरबन्दी, पुरानै संरचना ले मात्र प्रयोगशाला सेवा लाई समेटन नसकेको कुरा विद्यमान कोभिड -१९ को महामारी बाट छर्लङ्ग भएको वर्तमान परिबेश मा उक्त ध्यानाकर्षण पत्र माननीय मन्त्री शेर बहादूर तामाङ्ग लाई बुझाएको र सो सम्बन्धमा यथासीघ्र छलफल गरी अघि बढ्ने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भएको कुरा मेलानका महासचिव रेशम अधिकारीले बताउनुभयो ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
