
जनस्वास्थ्य सरोकार, काठमाडौँ । युरोपेली युनियन अन्तर्गतका मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले उक्त सामग्री स्वास्थ तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।
आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०, थर्मोमिटर १००, अक्सिजन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,००० सहयोग प्राप्त भएको छ ।
त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्त भएको छ ।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड नियन्त्रणका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताउनुभयो । गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उहाँको भनाइ छ ।
इयूकी राजदूत डेप्रेजले कोभिडविरुद्ध लड्नका लागि युरोपेली मुलुक सधै साथमा रहने बताउनुभयो ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
