
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ ।
सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो ।
सङ्घका महासचिव वैकुण्ठ दाहालले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छाड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
'निषेधाज्ञाका कारण व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, ब्याज, कर, तलबलगायत कुराले व्यवसायी तनावमा परेका छन्, उक्त तनावलाई कम गर्न व्यापार व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्नुपर्छ', उहाँले भन्नुभयो ।
महासचिव दाहालले नागरिक रोगले भन्दा भोकले मर्न लागेको भन्दै काम गरेर जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न माग गर्र्नुभयो । सङ्घले सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको भन्दै अब विस्तारै व्यापार व्यवसायलाई चलाउन दिनुपर्ने बताएको छ । रासस
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
