
जनस्वास्थ्य सरोकार, गोरखा। गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनसभयो ।
केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।
बारपाक स्वास्थ्य चौकी नजिकै रहेको स्थानीय महिला समूहको भवनमा जडान गरिएको अक्सिजन प्लान्ट एकैपटकमा १२ जना बिरामीलाई अक्सिजन दिन मिल्ने बताउनुभयो । 'महिला समूहको भवनमा १२ शय्याको आइसोलेसन समेत निर्माण गरिएको छ, त्यही शय्यामा अक्सिजन समेत जडान गरिएको हो'- वडाध्यक्ष गुरुङले भन्नुभयो ।
अक्सिजन मिनिप्लान्ट जडान तथा उपकरण खर्च केन्द्रले नै व्यहोरोको हो । वडाध्यक्ष गुरुङले अहिले सञ्चालनमा रहेको आइसोलेसनलाई १२ शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको बताउनुभयो ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
