
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज गरिएको जानकारी दिएको छ ।
'हाल जोशी स्वास्थ्यमा सुधार भइ उहाँ हिड्डुल गर्न सक्नेहुनु भएको छ ।' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’
यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


