जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा जानेहरुको २२ वटा निजी अस्पतालमा गरेको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी पिसिआर प्रयोशालाको र २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको हो ।

यसरी मान्यता पाउने निजी अस्पतालहरुमा ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुर रहेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रक्रिया पुर्याइएका अन्य निजी अस्पतालहरुलाई पनि क्रमशः मान्यता दिने जानकारी गराउनुभएको छ ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

