जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोराना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्।
काठमाडौं उपत्यकाभित्र ५ सय ४८ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो चौविस घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ जना पुगेका छन ।
पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
