जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको उपत्यकाका तीन ओटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थपेर खुकुलो बनाउने निर्णय गरेको हो । जसमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । भने बार अनुसार पसलहरु खोल्न दिने निर्णय समेत भएको छ ।
अब आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने भएको छ । यस्तै सोमबार, बुधबार र शुक्रबार बहान ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने छन् ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू भो दैनिक बिहान ११ बजेसम्ममात्र खोल्न पाइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। भने निर्माण सामग्रीका पसलहरू हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो पालो गरी खुला गर्नुपर्ने निर्णय भएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
