जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन् ।
ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टररनर्समाथि कुटपिट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
आइतबार भएको थुनछेक सम्बन्धि बहसपछी न्यायाधिस अधिकारीले सो आदेश दिएका थिए । अदालतको आदेशसँगै उनीहरु तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएका छन् ।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत नसिंङ कर्मचारीको घाँटी थिचेर मार्न खोज्नुका सार्थ चिकित्कस र नर्सहरुलाई साँघातिक आक्रमण गरेका थिए । उनीहरुले अस्पतालको आइसियू कक्षमा तोडफोड समेत गरेका थिए ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
